साम्राज्ञीलाई अशोकले बल्ल फाइनल गरे
सिनेमा जय भोलेका लागि पनि निर्माता अशोक शर्माले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरेका थिए । तर, सो समयमा यी दुइले काम गर्ने अवसर जुरेन । अब भने साम्राज्ञी निर्माता तथा निर्देशक अशोक शर्माको फिल्म खेल्न तयार भएकी छिन् । अशोकले बनाउन लागेको सिनेमा रातो टिका निधारमामा साम्राज्ञी पक्का भएकी छिन् । उनी र निर्माताविच आज सिनेमाका लागि काम गर्ने फाइनल भएको छ ।

सिनेमाका लागि उनले महंगो पारिश्रमिक वुझेको भन्ने चर्चा चलेको छ । साम्राज्ञी मारुनी सिनेमाको छायांकन छाडेर रातो टिका निधारमामा संझौता गर्न काठमाण्डौ आएकी थिइन् ।
सिनेमाका लागि अभिनेता अशोक शर्माले उनकै छोरा अंकित शर्मालाई डेब्यू गराउने तयारी पनि गरेका छन् । सिनेमाको छायांकन बैशाखबाट सुरु हुनेछ भने दशैमा सिनेमा रिलिज हुनेछ ।








