चैत्रको २९ गतेबाट रिलिज हुन लागेको सिनेमा यात्राका मुख्य अभिनेता सलिनमान बनियाँलाई राइजिङ स्टार पनि भनिन्छ । पहिलो सिनेमाबाट नै उदाएका उनलाई स्टाइलिस स्टार पनि भनिने गरेको पाइन्छ । तर, सलिनलाई यस्ता कुराहरु भने मन पर्दैन ।

उनले आफूलाई राइजिङ स्टार भनेको मन नपर्ने बताएका छन् । उनले, आफूलाई स्टाइलिस स्टार भन्दा भने खुशी लाग्ने पनि बताएका छन् । सलिनले आफूले बल्ल २ वटा सिनेमामा मात्र काम गरेको भन्दै आफूलाई कलाकार मात्र भन्न पनि आग्रह गरेका छन् ।

सिनेमा ए मेरो हजुर २ हिट भएपछि एकाएक उदाएका सलिनमान अहिले यात्राको दबाबमा छन् । उनकै कारणले सिनेमा चल्नुपर्छ भन्ने दबाब थोपरिदा उनी तनावमा परेका हुन् ।

For More videos Log on to Mazzako TV