कलाकार तथा निमात्री प्रज्ञा जोशी पक्राउ परेकी छिन । उनलाई प्रहरिले इटहरीबाट पक्राउ गरेको हो । उनलाई ठगी गरेको आरोपमा समातिएको हो । उनि ५० लाख ठगी गरेर बिगत लामो समय देखि बिभिन्न ठाउँमा लुक्दै आएकी थिइन । इटहरीमा लुकिछिपि बस्दै गरेको अवस्थामा जोशी लाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौमा दिएको उजुरीको आधारमा जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलयले जनाएको छ । प्रज्ञा जोशीका विरुद्ध सुबर्ण कुमारी श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखामा उजुरी दिएकी थिइन् । सोही अाधारमा जोशीलाई पक्राउ गरीएको र भाेलीनै काठमाण्डौ लौजाने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ । उनले “न बिर्से तिमीलाई न पाए तिमीलाई”, “समझना”, “ए मेरो हजुर” , “मायाँ बैगुनी” लगाएत चलचित्रमा अभिनय र केहि चलचित्रमा निर्माण पनि गरेकी छिन् ।

For More videos Log on to Mazzako TV