बाल गायक अशोक दर्जीलाई सिन्डिकेट लादेको आरोप खेपिरहेका गायक तथा संगीतकार टंक बुढाथोकीलाई फेरि अर्को आरोप लागेको छ । गायिका समिक्षा अधिकारीलाई आफूले पहिलो पटक गाउन दिएको भन्ने आशयको स्टाटस लेखेपछि उनीमाथि संगीतकार बसन्त सापकोटा खनिएका छन् ।

बसन्तको संगीतमा समिक्षाले कहाँ आउँछ र घुमेर बोलको गीत गाइसकेकी छिन् । तर, टंकले आफ्नो स्टूडियोमा पहिलो पटक उनलाई गीत गाउन दिएको लेखेपछि उनी विवादमा तानिएका छन् । संगीतकार सापकोटाले कुनै कलाकारलाई अर्कैले ल्याएको हो भन्दा केही फरक नपर्ने र कोही सानो नहुने भन्दै टंकलाई अर्कै ग्रहबाट आएका हौ कि के हो भनेर प्रश्न पनि गरेका छन् ।

योसँगै नेपालमा अहिले भाइरल बनाउने र आफूले नै सिन्डिकेट लाद्न क्रम बढेको छ भन्ने पुष्टी पनि भएको छ ।

For More videos Log on to Mazzako TV