नेपाली सिनेमा क्षेत्र समस्या नै समस्याले ग्रसित छ । यहाँ सिनेमा सुरु गर्दादेखि सिनेमा रिलिज गर्दासम्म समस्या नै समस्या छ । यही समस्याका कारणले पनि अहिले निर्माताहरु सिनेमा बनाउनदेखि भागिरहेका छन् । अहिले सिनेमा बनाउन लाग्ने धेरैका लागि समस्याको मुख्य चुरो बनेको छ कलाकारको पारिश्रमिक ।

कलाकारलाई लिन नै गाह्रो पर्ने भएपछि निर्माताहरु सिनेमा बनाउन सकिरहेका छैनन् । लामो समयदेखि सिनेमा क्षेत्रमा व्यस्त बनेका एक निर्देशकले कलाकारको पारिश्रमिक महंगो हँुदा सिनेमा बनाउन नसकेको बताए । यस्तो समस्या धेरै निर्देशकको छ । कलाकार पुष्प खड्काले सिनेमाका लागि ३० लाख पारिश्रमिक मागेको चर्चा पनि चुलिएको छ ।

अहिले कलाकारको पारिश्रमिकमै ५० लाख भन्दा बढी लाग्न थालेको छ भने त्यो पैसा फिर्ता हुने कुनै ग्यारेन्टी समेत छैन । यहीकारणले पनि कलाकार लिन गाह्रो भएपछि सिनेमा बनाउने क्रम सुस्ताएको बताइन्छ ।

For More videos Log on to Mazzako TV