मिरुनाको संझनामा बहकिए बिकल्प (भिडियो)
नायिका मिरुना मगरलाई आकर्षक देखाउँदै एक भिडियो तयार पारिएको छ । आफ्नो प्रेमीको यादमा बारम्बार आउने मिरुनालाई म्यूजिक भिडियो निर्देशक अर्जुन अधिकारीले राम्री देखाएका छन् ।

मिरुनाले अमेरिकामा रहँदै आएकी समाजसेवी तथा गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको ‘तिमीले भन्दा’ बोलको गीतको भिडियोमा मोडलिङ गरेकी छिन् । गायक प्रराज पौडेलको आवाजमा समावेश यो गीतमा निल गुरुङको संगीत छ ।
भिडियोमा दर्शकले नायिका मिरुना मगरलाई मोडल विकल्पराज श्रेष्ठको साथमा देख्न सक्नेछन् । उत्सव दाहालको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ । आफ्नो माया गरेको मान्छेलाई छाड्नुपर्दा प्रेमीलाई उसको यादले कती सताउँछ भन्ने भाव भिडियोमा प्रस्तुत गरिएको छ । मिरुना र विकल्पको जोडी निकै सुहाएको छ ।