फिल्म ए मेरो हजुर ३ को ट्रेलर नयाँ रेकर्ड राखेको छ । युटुबमा क्याप्टेन सिनेमाको ट्रेलरले १ दिनमा बनाएको रेकर्डलाई यसले तोडेको हो । क्याप्टेनको ट्रेलरले २४ घन्टामा ८ लाख १० हजार भ्यूज पाएको थियो । अब, यो रेकर्डलाई थोरै भ्यूज बढी पाएर ए मेरो हजुर ३ ले तोडेको छ । यसको ट्रेलरलाई २४ घन्टामा ८ लाख ११ हजार भ्यूज मिलेको छ ।


झरना थापाको निर्देशनमा तयार भएको सिनेमा ए मेरो हजुर ३ मा समावेश दोश्रो गीत परानले पनि नयाँ रेकर्ड बनाएको थियो । यो गीतले २४ घन्टामा १० लाख २४ हजार भन्दा बढी भ्यूज पाएर रेकर्ड बनाएको थियो ।
अभिनेता अनमोल केसीलाई लिएर युटुबमा देखिएको यो क्रेज हलमा देखियो भने सिनेमाले बम्पर व्यापार गर्ने पक्का छ । झरना थापाले बनाएको यो सिनेमामा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रेअर राइको मुख्य भूमिका छ

For More videos Log on to Mazzako TV