साइँलीलाई फेसबुकमा प्रशंसा, हलमा दर्शक कती ?
आजदेखि रिलिज भएको सिनेमा साइँलीले प्रशंसा बटुलिरहेको छ । बिहिबार बेलुकी आयोजित सिनेमाको प्रिमियरमा हेरेकाहरुले साइँलीलाई प्रशंसा गरेका छन् । सरल कथामा बनेको सिनेमा भन्दै यसले प्रशंसा पाएको हो ।

सिनेमा साइँलीलाई दर्शकले भने शुक्रबार औषत साथ दिएका छन् । शुक्रबार सिनेमा हेर्नका लागि सिंगल हलमा भन्दा मल्टिप्लेक्समा दर्शकको उपस्थिती राम्रो देखियो ।
शुक्रबार यो सिनेमालाई राजधानीको क्यूएफएक्सले १९ शोज दिएको थियो । १९ शोजमा दर्शकको उपस्थिती सामान्य देखिएको थियो । शनिबार सिनेमाले राम्रो कमाई गर्ने आशा गरिएको छ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको सिनेमामा गौरव पहारी, दयाहाङ राई, मेनुका प्रधानको मुख्य भूमिका छ








