सलिनमानको यात्रा ट्रेलर टेण्डिङ नम्बर वानमा
सलिनमान बनियाँ अभिनित प्रतिक्षित फिल्म ‘यात्रा’ को ट्रेलर टेण्डिङ नम्बर वानमा आएको छ । सलिनमान र मलिका महतको मुख्य भूमिका रहेको फिल्मको ट्रेलरलाई यो समाचार तयार पार्दा सम्ममा ५ लाख ३५ हजार पठक भन्दा बढि पटक हेरिएको छ ।

फिल्ममा सालीन र मलिका महतको साथमा सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य , धिरेन शाक्य, राजाराम पौडेल लगायत को भूमिका रहनेछ ।
फिल्म मा निर्देशन को रुपमा सम्राट शाक्यको डेब्यु रहेको छ । सञ्जय लामाको छायाँकन तथा बनिष शाहको सम्पादन रहेको फिल्म लाई केशव भट्टराई, सुशिल पोखरेल र चिजकुमार श्रेष्ठले निर्माण गरेका हुन्। यस फिल्म चैत्र २९ बाट प्रदर्शन हुँदैछ ।








