भोलीबाट रिलिज हुन लागेका नेपाली सिनेमाले मल्टिप्लेक्समा उच्च शो पाएका छन् । नयाँ हिन्दी सिनेमा नहुनु, अंग्रेजी सिनेमाको वितरण लफडाले नेपालमा रिलिज नहुनु र अघिल्लो हप्ता रिलिज भएका सिनेमाको व्यापार राम्रो नहुँदा नेपाली सिनेमालाई फाइदा मिलेको छ ।

भोलीबाट सिनेमा साइँली र शुभ लभ रिलिज हुँदैछ । साइँलीलाई राजधानीको क्यूएफएक्सले हलले १९ शो दिएको छ । यो उच्च शो हो । यता, सिनेमा शुभ लभले पनि उच्च शो नै पाएको छ । हरिहर अधिकारी र क्रिस्टिन पौडेलको मुख्य भूमिका रहेको सिनेमालाई क्यूएफएक्सले १० शोज दिएको छ । यो शो पनि शुभ लभको हकमा उच्च हो ।

नेपाली फिल्मले २९ शोज पाएका छन् । अब, यो शोजको फाइदा नेपाली सिनेमाले कसरी उठाउलान्, प्रतिक्षा गरौ ।

For More videos Log on to Mazzako TV