अभिनेत्री सुहाना थापाले फिल्म ए मेरो हजुर ३ बाट नेपाली फिल्मको यात्रा तय गरेकी छिन् । यो सिनेमाले उनको करिअरलाई नयाँ उचाइमा पुर्याउने आशा पनि गरिएको छ । अभिनेत्री सुहाना थापा आफूले नयाँ यात्रा कोरेको बताउँछिन् ।

यो यात्रामा सहयात्री बन्नका लागि उनले सबैलाई आग्रह पनि गरिन् । सुहानाको यात्रा कस्तो हुन्छ, चैत्र २९ गते रिलिज हुने सिनेमा ए मेरो हजुर ३ ले बताउनेछ । तर, सुहाना आफू यहाँ सम्म हुनुको मुख्यकारण नै नेपाली संचारमाध्यम भएको बताउँछिन् । उनले, संचारमाध्यमको सहयोगले नै आफू आज हिरोइन हुने बाटोमा लागेको उनको भनाई थियो ।

अहिले नेपाली फिल्ममा सुहानाले कस्तो यात्रा तय गर्लिन् भन्ने आशा धेरैमा छ । झरना थापाकी छोरी भएका कारण पनि उनको कामप्रति चासो र चर्चा हुनु स्वभाविक नै हो ।

For More videos Log on to Mazzako TV