एभरेष्ट सुर्य बोहोराको निर्देशन रहने फिल्म ‘हेल्लो जिन्दगी’ को शुभमुहुर्त गर्दै छायांकन सुरु गरिएको छ । मंगलबार राजधानीको कमलादी स्थित गणेशथान मन्दिरमा पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।

। ‘हेल्लो जिन्दगी’ मा नायिका स्वेता खड्का, नायक विक्रान्त बस्नेत लगायतको अभिनय रहने छ । फिल्मको गीतमा बसन्त सापकोटाको संगीत र निशान भट्टराइले स्वर दिइसकेका छन् ।

निर्देशककै लेखन रहने फिल्म बिरान्जना इन्टरटेनमेन्टको ब्यानरमा सृजना जोशीले निर्माण गर्दैछिन् । सामाजिक संजाल फेसबुकमा तस्विर सार्वजनिक फिल्म सुरु गरिएको जानकारी निर्देशक बोहोराले दिएका हुन् ।

For More videos Log on to Mazzako TV