अभिनेता प्रदिप खड्का अहिले सिनेमा लभ स्टेशनको प्रमोशनमा दौडिरहेका छन् । गोविन्द शाहीको निर्माणमा तयार भएको सिनेमालाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । अभिनेता प्रदिप खड्काका अनुसार यो सिनेमा फिल्मी छ ।

उनी आफू लामो समयदेखि एउटा फिल्मी कथामा काम गर्न खोजेको भन्दै लभ स्टेशनमा त्यो कथा भएको बताउँछन् । उनले सिनेमालाई कसरी फिल्मी भनेर परिभाषित समेत गरेका छन् । प्रदिपका अनुसार, सिनेमा हेर्दा दर्शकलाई फिल्म हेरेको जस्तो लाग्छ ।

सिनेमामा पारिवारिक कथा, प्रेम सबैकुरा छ । यहीकारणले पनि लभ स्टेशन फिल्मी हो । चैत्रको २२ गतेबाट रिलिज हुने यो सिनेमामा प्रदिप र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV