सिनेमा निर्माणको गती सुस्त भएपछि अहिले सिनेमा छायांकनका लागि प्रयोग हुने उपकरण पनि थन्किएका छन् । अहिले सिनेमाको छायांकनका लागि उपकरण हाउस खोल्नेहरुको संख्या पनि बढेको थियो ।

बर्षमा नै सय भन्दा बढी फिल्म, त्यस्तै हारहारीमा म्यूजिक भिडियो र विज्ञापन निर्माण हुन थालेपछि उपकरण नेपाल ल्याएर भाडामा दिनेहरु बढेका थिए । तर, अहिले लगातार सिनेमाको व्यापार खस्किन थालेपछि निर्माताहरुले सिनेमामा लगानी गर्न छाडेका छन् ।

जसकाकारण, दैनिकजसो भाडामा जाने उपकरण पनि थन्किएका छन् । उपकरण थन्किएको र पहिले जस्तो भाडामा नगएको उपकरण व्यवसायीहरुले पनि बताउँदै आएका छन् ।

For More videos Log on to Mazzako TV