‘शुभ लभ’ हेर्न भुवन केसी आतुर, दिए शुभकामना
आउँदो शुक्रबार अर्थात चैत्र १४ गतेबाट ज्योतिषी हरिहर अधिकारी अभिनित फिल्म ‘शुभ लभ’ अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
प्रदर्शन मिति नजिकिँदै जादा सदाबहार अभिनेता भुवन केसीले एक भिडियो मार्फत फिल्म युनिटलाई शुभकामना दिएका छन् ।

उनले निर्देशक सन्तोष बाबु लोहनी अभिनेता हरिहर, अभिनेत्री द्वय कृष्टिन पौडेल र सुर्या थापालाई फिल्मको सफलताको शुभकामना दिएका हुन् । केसीले आफू पनि फिल्म शुभ लभ हेर्न आतुर रहेको बताएका छन् । उनले फिल्मको ट्रेलर र गीत निकै मन परेको समेत खुलाए ।
फरक र नयाँ कथा पस्किएको बताउँदै आएका हरिहर फिल्म पनि पनि मज्जाको बनेको बताउछन् । फिल्ममा उनि ज्योतिषीकै भुमिकामा छन् । फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला लगायतकाको पनि अभिनय छ । प्रदीप कुमार उदय प्रस्तुतकर्ता रहेको फिल्मलाई धर्मराज शर्मा सुबेदीले निर्माण गरेका हुन् । हरिहरकै कथा रहेको फिल्ममा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ ।