नवलपुरका भिमको घर शिलान्यास पलको हात बाट
पछील्लो समय धेरै कलाकार समाज सेवामा सकृय छन् । त्यसै बाटोलाई पछ्याउँदै पछिल्लो समयका चर्चित कलाकार ‘पल शाहले’ पनि समाज सेवामा हात बढाउँदै छन् । उनले नवलपुर जिल्लाका भिम बहादुर बि .कको घर शिलान्यास गरेका छन् । भिम केहि समय देखी सामाजिक सन्जालमा भाईरल भैरहेका छन् । ५० बर्ष नाघीसकेका उनि अझै पनि बाल स्वभाबका छन् । उनले देवघाटमा माग्दै गरेको हिड्दा रमाइलो कुराकानी धेरै समाजिक सन्जालमा चर्चित रह्यो ।

समाजसेवी रन्जिता गुरुङ्गको अगुवाइमा सुरु भएको अभियानमा पल शाह पनि जोडिना पुगेका हुन् । उनले पनि भिम लाई आर्थिक,भौतिक तथा समाजिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
भिमको ५ बर्ष अघि जलेको घर निर्माण हुन नसक्दा घर भित्रै पानी छिर्ने र रातभरि सुत्न नै कस्ठकर अवस्था आएकाले आउदो बर्षात भन्दा अगाडीनै घर निर्माण गरी हस्तान्तरण गर्ने अभियान सुरु भएको रहेछ । बैशाख १ गतेबाट निर्माणकार्य थालनी हुने घर कम्तीमा असार १ गते भन्दा अगाडी निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य राखिएको छ ।

यस अभियानमा रन्जिता गुरुङ्ग, हेम थापा लगायतले आर्थिक व्यवस्थपन गर्दै छन् । उनिहरुको सोच अनुसार बैशाख १ गतेबाट निर्माण सुरु हुने घर असार १ गते सम्म सम्पन्न गरी हस्तान्तरण हुनेछ ।
For More videos Log on to Mazzako TV