यात्रा सिनेमाको ट्रेलर सार्वजनिक भएपछि एउटा बहस चर्किएको छ । चर्किएको बहस के हो भने, यसका दुई अर्थ लाग्ने संवादले जरा गाडेको छ । विशेषगरि, अभिनेता राजाराम पौडेलले बोल्ने संवादमा दुई अर्थ बढी सुनिन्छ ।

यो बिषयमा पत्रकारले यात्रा टिमलाई प्रश्न सोधेका पनि थिए । अभिनेता राजाराम पौडेलले यी संवादहरुमा २ अर्थ नलागेको पनि स्पष्ट पारे । उनले, यसलाई दुई अर्थ नभएर आधा अर्थ पनि नभएको बताए । तर, राजारामले जे भनेपनि सेन्सर नै नगरी सार्वजनिक गरिएको ट्रेलरमा छाडा संवाद छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले उजुरी परेको खण्डमा आफूले कारवाही गर्ने समेत बताएका थिए । तर, अहिले फेरि नेपाली सिनेमामा यस्ता दुई अर्थ लाग्ने संवाद भरपुर प्रयोग हुन थालेका छन् ।

For More videos Log on to Mazzako TV