शुभ लभको टिम र कथाले तान्योः क्रिस्टिन
शुक्रबारदेखि रिलिज हुन लागेको सिनेमा शुभ लभबाट अभिनेत्री क्रिस्टिन पौडेल यो क्षेत्रमा भित्रिदैछिन् । उनको यो डेब्यू सिनेमा हो । डेब्यू सिनेमाबाट आशावादी रहेकी क्रिस्टिन अहिलेसम्म यो कथा नेपाली सिनेमामा नआएको पनि बताउँछिन् ।

उनले यस्तो कथामा नेपाली फिल्म नबनेको भन्दै आफ्नो वरिपरी नै सिनेमा घुमेको पनि बताएकी छिन् । क्रिस्टिनले यो सिनेमाको कथा र टिमले आफूलाई तानेको पनि बताएकी छिन् । आफूलाई यो सिनेमाको सुरुवातमा त कथा पनि नहेर्ने सोच आएको तर पछि टिमको व्यवहारले आकर्षित गरेको पनि बताइन् ।
क्रिस्टिन अब आफूले नेपाली सिनेमामा नै समय बिताउने र यसमा नै अगाडि बढ्ने स्पष्ट पार्छिन् ।








