बोर्ड अध्यक्षलाई स्वागत
चलचित्र विकास बोर्डको पदभार सोमबार मात्र ग्रहण गरेका नव नियुक्त अध्यक्ष केशव भट्टराइलाई चलचित्रले संघले स्वागत गरेको छ । आज संघको कार्यलयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष प्रदिपकुमार उदयले स्वागत गरे ।

उनलाई माला र अविरले स्वागत गरिएको थियो । स्वागत कार्यक्रममा बोल्दै बोर्ड अध्यक्षले आफू सबै संघसंस्थासँग मिलेर अगाडि बढ्न तयार भएको पनि बताएका थिए । उनले, चलचित्र संघ र चलचित्र निर्माता संघविच भएको सहमती पालना गर्न आग्रह गरे ।
नेपाली सिनेमाको विकास र विस्तारका लागि आफू सधै नै तयार भएको अध्यक्षको भनाई थियो । उनले आफूले लामो समयदेखि नेपाली सिनेमामा अनुभव बटुलेको भन्दै चलचित्रकर्मीले देखाएको आशालाई निराशामा नबदल्ने पनि बताए ।
For More videos Log on to Mazzako TV







