आर.के खत्री अलिशालाई भन्छन् ‘सिङ्गल छु’ (भिडियो)
आर.के खत्रीको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नविन प्रभातको शब्द रहेको ‘सिङ्गल छु’ बोलको गीतमा स्वर र संगीत खत्री स्वयमले दिएका हुन् । गीतको एरेन्ज रिकेश गुरुङको हो । भिडियोमा भिमफेदी गाइज र अलिशा राईको नृत्य रहेको छ ।

गायक खत्रीलाई पनि भिडियोमा देख्न सकिन्छ । भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफी र निर्देशन गरेको गीतको भिडियोमा छायाङ्कन र सम्पादन पवन सुस्लिङको रहेको छ ।
आर.के खत्री सम्भावना बोकेका गायक हुन् । यस अघि उनको ‘सुन सान रातमा’, ‘हेरन’, ‘रातो लिपिस्टिक’, ‘तिमी भन्छौ मलाई’, ‘एक बोत्तल’ लगायत गीत सार्वजनिक भईसकेका छन् । सांगीतिक माहोलमै हुर्किएका खत्री चर्चित गायक कमल खत्रीको भाई हुन् । गीतसंगीतकै क्षेत्रमा अनवरत लागीरहेका यिनी यो क्षेत्रबाट निकै आशावादि छन् ।