अशोक शर्माको ‘रातो टिका निधारमा’ मा नीता ढुंगाना

‘रातो टिका निधारमा’ मा नायिका नीता ढुंगाना अनुबन्धित भएकी छन् । अशोक शर्माको निर्माण तथा निर्देशन रहने फिल्म ‘रातो टिका निधारमा’मा नीतालाई सोमवार अनुबन्धित गरिएको हो । यसअघि जसिता गुरुङलाई पनि नायिकाको लागि अफर गरिएको बताइएको थियो ।

नायिका नीता शर्माको रातो टिका निधारमा मा अनुबन्धित भएको खुसीको खबर नीताले तस्बिर सहित आफ्नो फेसबुकमा स्टाटस पोस्ट गरेकी छन् । अशोक शर्माले नै निर्माण गरेको फिल्म मितिनी मा नीताले बाल कलाकारको भूमिका निभाएकी थिइन् ।
‘जय भोले’को रिलिजसँगै शर्माले आगामी वर्ष ०७६ को दशैँमा रातो टिका निधारमा रिलिज गर्ने घोषणा गरेको थिए । नीता बाहेक फिल्मका अन्य कलाकार भने गोप्य नै राखिएको छ ।