श्री देबीकि छोरीसँग अनमोललाई बलिउड फिल्म अफर
छोटो समयमा नेपाली सिने बृतमा राम्रो स्टार्डम कमाएका अनमोल केसीलाई बलिउडबाट अफर आएको छ । हुनत यस अघी पनि अनमोलले एक बलिउड फिल्म साइन गरेको खबर आएको थियो । यो कुरा अनमोल स्वयंले पनि स्वीकार गरेका थिए । तर पछी त्यसको खासै चर्चा भएन । सायद उनले उक्त फिल्म नगर्ने भएर हुनु पर्छ ।

तर यस पटकको अफर स्व. श्रीदेबी कि छोरी जान्हवी कपूरको अपोजिटको लागी हो । अनि अफर आएको फिल्म पेमा धोन्डुप ले निर्देशन गर्दै छन् । पेमा चैत १ गते प्रदर्शनमा आएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक हुन् । बुझिए अनुसार त्यस फिल्ममा बलिउड अभिनेता गुशलन ग्रोवरको पनि अभिनय रहनेछ । हाल फिल्मको स्क्रिप्टमा काम भइरहेको फिल्मको लागत १० करोड आसपास हुने बुझिएको छ ।








