वैशाखको २० गतेबाट रिलिज हुन लागेको सिनेमा दाल भात तरकारी अष्ट्रेलियामा बिकेको छ । यो सिनेमालाई अष्ट्रेलिया राइट्सको रुपमा ४५ लाखमा विक्री गरिएको निर्माता किरण केसीले बताएका छन् । निर्माता केसीका अनुसार, अष्ट्रेलियाको विभिन्न समुहबाट सिनेमा खरिदका लागि अफर गरिएको थियो ।

तर, राम्रो रकम पाएपछि सिनेमा बेचिएको हो । २ वटा गीत मात्र सार्वजनिक भएको सिनेमालाई लिएर यतिबेला सिनेमा क्षेत्रमा उत्साह थपिएको छ । सिनेमालाई सुदन केसीले निर्देशन गरेका हुन् ।

मह संचारको निर्माणमा किरण केसीको प्रस्तुती रहेको सिनेमामा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्पल खड्का, आँचल शर्मा, बर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका छ ।

For More videos Log on to Mazzako TV