मेरो भिडन्त नम्बर १ हिरोसँग: सलिन (भिडियो)
अभिनेता सलिनमान बनियाँले आफ्नो भिडन्त अहिलेको नम्बर १ हिरोसँग हुन लागेको बताए । अहिलेको समयमा प्रतिस्पर्धा हुने भन्दै उनले आफ्नो प्रतिस्पर्धा सामान्य मानिससँग नभएर अहिलेको नम्बर १ हिरोसँग हुन लागेको बताएका हुन् ।

उनी अभिनित फिल्म यात्रा अभिनेता अनमोल केसी अभिनित सिनेमा ए मेरो हजुर ३ सँग जुध्दैछ । सलिनले आफू प्रतिस्पर्धामा उत्रिएको तर डराएर नभाग्ने पनि बताए । यतिमात्र होइन, अभिनेता बनियाँले अनमोलको नाम नलिई नम्बर १ हिरोसँग हार्दा पनि खासै फरक नपर्ने बताए ।
उनले क्रिस्टियानो रोनाल्डो, मेस्सी जस्ता खेलाडीले पनि गेममा हारेको भन्दै उनीहरुलाई यसले खासै फरक नपरेको पनि सुनाएका छन् ।








