केशव भट्टराइले गरे पदभार ग्रहण
नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा केही दिन अगाडि मात्र नेपाल सरकारबाट नियुक्त भएका निर्माता केशव भट्टराइले पदभार ग्रहण गरेका छन् । उनले आज चलचित्र विकास बोर्ड पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई बोर्डका कर्मचारी, चलचित्रकर्मीले स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै गर्दा बोर्ड अध्यक्ष केशव भट्टराइले नेपाली सिनेमाको अहितमा काम नगर्ने बताए । उनले, नेपाली सिनेमालाई घाटा हुने गरि आफूले कुनै पनि काम नगर्ने सुनाए । यस्तै, उनले रोकिएको बक्स अफिस प्रणालीको काम पनि सुचारु हुने बताएका छन् ।

सबैभन्दा पहिले आफूले चलचित्र नीति पारित गर्नका लागि काम गर्ने पनि उनको भनाई थियो । चलचित्र नीति पारित नभएसम्म काम गर्न निकै नै गाह्रो हुने भएकाले पनि यसतर्फ आफू सजग रहेको उनले सुनाए ।
चलचित्र विकास बोर्डमा आएपछि अब आफू कुनै पनि राजनीतिक दलको कार्यकर्ता नभएको भन्दै उनले आफूलाई साना साना फिल्मका कार्यक्रममा नबोलाइदिन आग्रह गरे । उनको कार्यकाल २ बर्षको रहनेछ ।
For More videos Log on to Mazzako TV







