सुहानाको प्रशंसा नै प्रशंसा
स्टार किड हुनुको एउटा फाइदा छ । संचारमाध्यम र दर्शकको नजरमा सुरुवातमै परिन्छ । तर, काम भने आफैले गर्नुपर्छ । सिनेमा ए मेरो हजुर ३ बाट नेपाली फिल्ममा प्रवेश गर्न लागेकी अभिनेत्री सुहाना थापालाई अहिले स्टारकिड हुँदाको फाइदा मिलिरहेको छ ।

अभिनेत्री झरना थापाकी छोरी सुहानाले अभिनय गरेको यो सिनेमाको दोश्रो गीत परान सार्वजनिक भयो । यो गीतमा सुहानाको अभिनय, उनको प्रस्तुति र हाउभाउलाई दर्शकले अत्याधिक मन पराएका छन् । उनलाई त दर्शकले गुडियारानी पनि भन्न थालेका छन् ।
सुहानाको यो गीतले नै राम्रो चर्चा पाएपछि उनलाई यो बर्ष डेब्यू गर्ने नयाँ अभिनेत्रीमा प्रतिक्षाको रुपमा हेरिएको छ । अभिनेता अनमोल केसीको जोडी हुनुको अर्को फाइदा उनलाई पनि मिलेको छ ।








