डेब्यूमा उपासना बाहेक सबै चिप्लिए
यो बर्ष नेपाली फिल्ममा डेब्यू गर्ने अभिनेत्रीको सूची लामो छ । झन्, माघ, फागूण र चैत्रमा त नयाँ अभिनेत्रीको नै बोलबाला थियो । तर, डेब्यू गरेका अधिकांश हिरोइन चिप्लिएका छन् । सिनेमा जानी नजानी नचल्दा अभिनेत्री निरिषा बस्नेतको यो क्षेत्रमा नै रहेर काम गर्ने योजनामा धक्का लाग्यो ।

यो सिनेमा चलिदिएको भए निरिषालाई फाइदा हुने थियो । सिनेमा दि ब्रेकअप चलिदिएको भए अभिनेत्री शिल्पा मास्केलाई पनि फाइदा हुने थियो । उनको त दोश्रो सिनेमा कागजपत्र पनि चलेन । सिनेमा क्याप्टेनको व्यापारले अभिनेत्री उपासना सिंह ठकुरीलाई भने फाइदा भयो । उनको यो सिनेमाले व्यापार राम्रो गर्दा उनको अभिनयको पनि तारिफ भयो । यसैले उनले कबड्डी ३ मा काम गर्ने संभावना बढेर गएको छ ।
तर, यो सिनेमामा नै काम गरेकी अभिनेत्री प्रियंका एमभीलाई भने खासै फाइदा भएन । सिनेमा समर लभ नचल्दा डेब्यू गर्ल रेवती क्षेत्रीलाई पनि धक्का लाग्यो । सिनेमा रणवीर नचल्दा दुई अभिनेत्री सुवेच्छा खड्का र सुपुष्पा भट्टलाई घाटा लाग्यो । सिनेमा गरुड पुराण चल्दा डेब्यू गर्ल प्रियंका सिंह ठकुरीलाई घाटा लाग्यो ।
For More videos Log on to Mazzako TV