सुरविनाको २ बर्षपछिको कमब्याक
अभिनेत्री सुरविना कार्कीले मुम्बइ नगरीमा रहेर संघर्ष गर्न थालेको पनि डेढ बर्ष भैसकेको छ । यो बिचमा उनले टिसिरिजको म्यूजिक भिडियोमा काम गरेकी छिन् । एउटा सिरियलमा छोटो भूमिकामा काम गरेकी छिन् । यो बाहेक उनको उपलब्धी अहिले नै यही छ भन्न सकिने अवस्था छैन ।

तर, लुकामारी सिनेमा खेलेपछि मुम्बइ लागेकी सुरविनाले एउटा राम्रो प्रोजेक्ट भने पाएकी छिन् । लप्पन छप्पन सिनेमापछि निर्माण हुन लागेको लप्पन छप्पन २ सिनेमामा उनी मुख्य हिरोइन छिन् । यूरोममा खिचिने सिनेमामा अनुवन्धित भएपछि सुरविना आफ्नो कमब्याकलाई लिएर उत्साहित छिन् ।
सुरविना कार्कीलाई नेपाली फिल्म फापेको छैन । मुम्बइमा पनि उनी अझै के हुने हो भन्ने अवस्थामा नै छिन् । यसैले लप्पन छप्पनमा काम पाएपछि उनी उत्साहित छिन् । मुम्बइमा पढेको ३ महिने कोर्ष अब उनको करिअरमा काम लाग्ने देखिन थालेको छ ।








