फिल्म ‘लप्पन छप्पन’ को सिक्वेल निर्माण हुने भएको छ । निर्देशन गर्ने भएका छन् । निर्देशक मुकुन्द भट्टले एक पोस्टरमार्फत् फिल्मको पूरा ‘कास्ट एण्ड क्रियू’ को नाम सार्वजनिक गरेका छन् । फिल्मको नाम ‘लप्पन छप्पन २’ राखिएको छ । पहिलो सिरिजमा काम गरेका कलाकारहरु नै प्रायः सिक्वेलमा दोहोरिएका छन् । साथै, उनले यसको टिजर आउँदो साता नै सार्वजनिक गर्ने समेत जनाएका छन् ।

फिल्ममा सौगात मल्ल , दयाहाङ राई , अर्पण थापा , देव कुमार , अनुप विक्रम शाही , क्यारोलिन कोलिन्डा , सुरविना कार्की , फाजिल अहमद र सिर्जना सिनाको अभिनय रहनेछ भने यसलाई युरोप र अस्ट्रेलियामा छायाँकन गरिने निर्देशक भट्टले बताएका छन् । पुरुषोत्तम प्रधानको छायाँकन रहने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । फिल्ममा चिज कुमार श्रेष्ठ र प्राजपति शिवाकोटी निर्माता रहेका छन् ।

फिल्मको सिक्वेलमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा दोहोरिएका छन् भने अभिनेत्री वर्षा सिवाकोटी बाहिरिएकी छन् । उनलाई मिस नेदरल्याण्ड सेकेण्ड रनरअप केरोलिन कोलिन्डाले रिप्लेस गरेकी हुन् । फिल्ममा अभिनेता अनुपविक्रम शाहीको पनि इन्ट्री भएको छ । यसमा देव कुमार, सुरविना कार्की, सृजना सिनालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

For More videos Log on to Mazzako TV