सलिनको यात्रा लिटल एन्जल्स कलेजमा
राइजिङ स्टार सलिनमान बनियाँ आफ्नो दोस्रो फिल्म ‘यात्रा स् अ म्युजिकल भ्लग’ को प्रमोसनलाई तिब्रता दिइएको छ । प्रमोसनकै क्रममा फिल्मको टिम हातिवनमा रहेको लिटल एन्जल्स कलेजमा पुगेका छन् । एलए कै तेस्रो वर्षमा अध्यनरत विधार्थीको आयोजना रहेको’ एलए कल्चर फेस्ट २०१९’ को समापन समारोहमा सलिन आफ्नो यात्रा टिम सहित पुगेका थिए ।

नवनायिका मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल कटवाल लगायतले उक्त फेस्टका विनरलाई प्राइज वितरण गर्दै फिल्मको बारेमा जानकारी समेत गराउदै चट्ट रुमालमा डान्स समेत गरे ।

सलिन कलेजमा प्रवेश भएसँगै उनिसँग सेल्फी खिच्न स्टुडेन्टको लाइन झैँ लागेको थियो । फिल्म तथा सामाजिक सञ्जाल मार्फत सलिनको फलोअर्स बनेका विधार्थीले उनको फिल्मको बारेमा जानकारी लिदै शुभकामना समेत दिए ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ ।
फिल्ममा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।
For More videos Log on to Mazzako TV