‘ए मेरो हजुर ३’ को ‘परान’ गीतको २४ घण्टा नपुग्दै यस्तो रेकर्ड
‘ए मेरो हजुर ३’ को शुक्रबार युट्युबमा रिलिल भएको ‘परान’ बोलको गीतले २४ घण्टा नपुग्दै१ मिलियन भ्युज पाउन सफल भएको छ । अनमोल केसी र डेव्यु गर्ल सुहाना थापा फिचर्ड लोकलयमा आधारित ‘परान’ गीतले सामाजिक सञ्जाल युट्युबमा किर्तिमानी भ्युज पाइरहेको हो ।

यो समाचार तयार पार्दा सम्ममा गीतलाई १० लाख ४५ हजार भन्दा बढी पटक हेरिएको छ । यो नै छोटो समयमा युट्यबमा सबैभन्दा बढि भ्युजको रेकर्ड हो । कुनैपनि नेपाली फिल्मको गीतले २४ घण्टा नपुग्दै १ मिलियन भ्युज पाएको रेकर्ड छैन् । जसले गर्दा पनि आगामी चैत्र २९ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ३’ लाई यो वर्षकै बहुप्रतिक्षीत सिनेमाको रुपमा हेरिएको छ ।
फिल्मलाई अभिनेत्री झरना थापाको निर्देशन गरेकी हन् । सार्वजनिक गीतमा आशिष अविरलको संगीत, आनन्द अधिकारीको शब्द तथा आशिष अबिलर र अञ्जु पन्तको स्वर छ । यो गीतको भिडियो लाई प्रविन सिंहले कोरियोग्राफी गरेका हुन् । सांगीतक प्रेमकथा बोल्ने सिनेमालाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।
सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा अनमोल र सुहानासैगै अपर्ण थापा, सलोन बस्नेत, रविन्द्र झा, सरोज खनाल, विशाल पहाडी, रेयर राई, रुपा घिसिङ, रक्षा गौतम लगायतका कलाकारको पनि अभिनय रहेको छ । झरना थापा र सुमन पौडेलको कथा, छेतेन गुरुङ, प्रतिक पौडेल, बाबुराम दाहाल र सुमन पौडेको पटकथा तथा संवाद रहेको फिल्मलाई सञ्जय लामाले खिचेका हुन् ।
फिल्ममा कविराज गहतराज, प्रविन सिंह, राहुल शाह र रामजी लामिछानेको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, दिर्घ खड्काको सम्पादन रहेको छ ।