अभिनेत्री शिल्पा मास्के सिनेमा दि ब्रेकअपबाट चर्चामा आएकी हुन् । यो सिनेमामा उनको भूमिका कस्तो थियो भन्दा पनि उनको चुम्बन कस्तो थियो भन्ने चर्चा बढी भएको हो । यसैले पनि शिल्पाले राम्रो काम गरेर पनि चर्चा चुम्बनमा पाइन् ।

उनले अभिनय गरेको दोश्रो सिनेमा कागजपत्र आजबाट रिलिज भयो । यो सिनेमामा पनि शिल्पाको चुम्बन छ । शिल्पा र अभिनेता नाजिर हुसेनले सिनेमामा चुम्बन गरेका छन् । शिल्पा र नाजिरको चुम्बनलाई सिनेमामा जर्बजस्ती राखिएको जस्तो पनि लाग्छ ।

अभिनेत्री शिल्पा लण्डनमा बसेर आएकाले पनि सिनेमाको पर्दामा यो कुरालाई सामान्य मान्छिन् होला । तर, शिल्पालाई चुम्बनकै ट्याग लाग्यो भने उनको करिअरलाई पनि समस्या पर्न सक्छ ।

For More videos Log on to Mazzako TV