दौरा सुरुवालमा अनमोललाई कस्तो सुहायो ?
सिनेमा ए मेरो हजुर ३ मा समावेश परान बोलको गीत सार्वजनिक भएको छ । यो सिनेमाको सार्वजनिक गीतमा अभिनेता अनमोल केसीको गेटअपले भने उनका फ्यानलाई अचम्मित नै बनाएको छ ।

अभिनेता अनमोल केसीलाई सिनेमाको पर्दामा दर्शकले दौरा सुरुवाल र ढाका टोपी लगाएर नाचेको देख्न सक्छन् । यो गीत सार्वजनिक भएपछि उनका फ्यानले मात्र होइन, सामान्य दर्शकले पनि उनको तारिफ गरेका छन् । अभिनेता केसीको यो रुप दर्शकले पहिले देख्न पाएका थिएनन् । अनमोलले यस्तो पहिरनमा पनि नृत्य गर्छन् र भन्ने दर्शकमा थियो ।
यसैले पनि दर्शकले यसपटक अनमोलको यो गेटअपलाई मन पराएका छन् । अभिनेता अनमोल केसीले यी बाहेक अन्य थुप्रै सरप्राइज सिनेमामा दर्शकले हेर्न पाउने बताउँछन् । चैत्र २९ गतेबाट यो सिनेमा रिलिज हुँदैछ ।








