मुर्गा खोज्ने कि निर्माता बचाउने ?
नेपाली सिनेमाको निर्माण अहिले धराशायी बनेको छ । सिनेमा निर्माणमा अहिले कमी भएको छ । यसको मुख्यकारण हो, सिनेमा नचल्नु । लगातार सिनेमा चल्न छाडेपछि निर्माताले सिनेमामा लगानी गर्न छाडेका छन् ।

नयाँ निर्माताले दोहोर्याएर सिनेमा बनाएका छैनन् भने पुराना निर्माताले पनि सिनेमा निर्माणमा हात हाल्न सकेका छैनन् । यसैले पनि अहिले सिनेमा निर्माणमा कमी आएको छ । सिनेमा निर्माणमा कमी आउँदा प्राविधिक मात्र होइन, कलाकार पनि थन्किनु परेको अवस्था छ । नेपाली सिनेमाले सधै नै नयाँ निर्मातालाई मुर्गा बनायो ।
नयाँ आउनेलाई सिनेमाको बारेमा केही पनि थाहा हुँदैन भनेर मुर्गा बनाउने प्रथा बन्दा यो समस्या आएको हो । एउटा निर्माताले फेरि लगानी गरोस् भनेर सोच्न भन्दा पनि एक पटकमै निमोठी हालौ भन्ने अवस्था आएकाले यस्तो अवस्था आएको हो । यसैले मुर्गा खोज्न भन्दा पनि निर्माता बचाउनतिर लाग्न आवश्यक छ ।
For More videos Log on to Mazzako TV







