आज अर्थात शुक्रवार एकसाथ २ फिल्म ‘कागजपत्र’ र ‘प्रेमलीला’ रिलिजमा आएका छन् । ‘कागजपत्र’ लाई अपिल विष्टले निर्देशन गरेका हुन् । ‘कागजपत्र’ ’माया संसार’ बोलको गीत र कमेडीले भरिएको ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत छ । यो फिल्मले बिहीवार राजधानीमा भएको प्रिमियरमा मज्जाको प्रतिक्रिया पाएको छ ।
फिल्ममा नाजिर हुसेन, भोलाराज सापकोटा, शिल्पा मास्के, सरिता गिरीलगायतका कलाकारहरुको अभिनय छ । फिल्ममा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह(निर्माताको रुपमा रहेका छन् । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो ।

यस्तै, ‘प्रेमलीला’ ले अन्तरदेशीय प्रेमकथा भन्छ । एक नेपाली युवती र भारतीय युवकबीचको प्रेममा फिल्म आधारित रहेको बताइएको छ । फिल्ममा अभिनेत्री दीपशिखा खड्काको निर्माण र अभिनय छ । उनको प्रेमीको भूमिकामा भारतीय मोडल अली खान छन् । साथै, मौसम खड्काको पनि फिल्ममा लिड रोल छ ।
यसको कथा दीपशिखा आफैंले लेखेकी हुन् । पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फैजल फिल्मस्को ब्यानरमा बनेको फिल्ममा नानीमैयाँ कार्की निर्मातामा छिन् ।

For More videos Log on to Mazzako TV