फेरि रिलिज हुन लागेको सिनेमा छक्का पन्जा २ को कमाई फेरि निर्माताको पोल्टामा आउने हो त ? सिनेमा फेरि चलाएर पैसाको लोभमा फसेको भन्दै निर्माता दिपकराज गिरीको चर्को आलोचना भएको थियो ।

तर, कलाकार दिपकराज गिरीले सिनेमाको कमाइको धेरैसम्मको हिस्सा संचारकर्मी रवि लामिछानेले बनाउन लागेको अस्पतालमा दिने बताएका छन् । उनले सिनेमाका केही दृश्य पनि नयाँ हुने स्पष्ट पारेका छन् ।

यो सिनेमा वैशाख १३ गतेबाट फेरि रिलिज गर्ने तयारी गरिएको छ । दिपाश्री निरौलाले निर्देशन गरेको यो सिनेमाले गतबर्ष नै बम्पर कमाई गरेको थियो ।

For More videos Log on to Mazzako TV