शुक्रबारदेखि रिलिज भएको सिनेमा द म्यान फ्रम काठमाण्डौ हेर्न दर्शक हलमा आएनन् । सिनेमाको शोज पनि लोभ गर्ने खालको नै थियो । यो सिनेमालाई क्यूएफएक्स हलले मात्र २१ शोज दिएको थियो ।

तर, सिनेमा चलिदिएन । क्यूएफएक्सका मालिक नकिम उद्दिनले सिनेमा निर्माण गरेको भएकाले पनि यो सिनेमाले शोज धेरै पाएको हो । तर, शोज धेरै पाउँदैमा सिनेमा चल्दैन भन्ने यसबाट पनि पुष्टी भएको छ ।

सिनेमामा भारतीय कलाकार गुल्सन ग्रोबरको साथमा नेपाली कलाकार आना शर्मा, निर शाह, कर्मा लगायतको अभिनय थियो ।

For More videos Log on to Mazzako TV