प्रधानमन्त्रीले हेरे क्याप्टेन
सिनेमा क्याप्टेन प्रधानमन्त्री केपी शर्मा ओलीले हेरेका छन् । उनी, बुधबार बेलुकी राजधानीको बीग मुभिजमा यो सिनेमा हेर्न पुगेका थिए । सिनेमा हेरिसकेपछि प्रधानमन्त्रीले यसलाई राम्रो भने ।

प्रधानमन्त्री ओलीले सिनेमा हेरिसकेपछि यसका मुख्य पात्र इशान खड्कालाई बेष्ट भने । उनले अभिनेता अनमोल केसीलाई भने आफूले नचिन्ने बताइदिए । उनले अभिनेता अनमोल केसी भित्र आफूले इशान खड्का देखेको बताएका थिए ।
सिनेमा हेर्न नेकपाका नेताहरु पनि हलमा पुगेका थिए । सिनेमा हेर्नु अगाडि प्रधानमन्त्रीले सिनेमाको टिमसँग अविर लगाएका थिए । प्रधानमन्त्री सिनेमा हेर्न आएपछि अभिनेता अनमोल केसीले खुशी व्यक्त गरे ।
For More videos Log on to Mazzako TV