फागूण पूर्णिमाको अवसर पारेर चैत्रको १५ गतेबाट रिलिज हुन लागेको सिनेमा शुभ लभका मुख्य कलाकारले रमाइलो गरेका छन् । एक अर्कामा अबिर दलेर उनीहरुले होली पर्व मनाए ।

शुभ लभ सिनेमाको मुख्य भूमिकामा ज्योतिष हरिहर अधिकारी, अभिनेत्री क्रिस्टिन पौडेल र सूर्या थापाको मुख्य भूमिका छन् । सिनेमाको प्रचार गर्दै होली खेलेको यो टिमले गीतमा समेत नृत्य गरे ।

अभिनेता हरिहर र अभिनेत्री सूर्याले सिनेमाको शिर्ष गीतमा नृत्य गरे । हरिहरले सिनेमा निकै नै राम्रो बनेको प्रतिक्रिया समेत दिए । उनले शुभ लभ हेर्न दर्शकलाई आग्रह पनि गरे ।

For More videos Log on to Mazzako TV