अभिनेत्री रेखा थापाले क्रिकेट टिम खरिद गरेकी छिन् । उनले एनसिएल टी २० वुमन्स लिगका लागि क्रिकेट टिम खरिद गरेकी हुन् । उनले काठमाण्डौ सुपर च्याम्पियन्स टिम किनेकी हुन् ।

उनले आफू लामो समयदेखि महिलाहरुका लागि काम गर्दै आएकाले पनि क्रिकेटमा महिलाहरुको प्रोत्साहन र विकासका लागि टिम किनेको बताएकी छिन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्रिकेट टिमका लागि मालिक, मार्की खेलाडीको घोषणा गरिएको हो ।

उनले महिला क्रिकेट टिममा योगदान दिनका लागि आयोजकको प्रस्ताव स्विकार गरेको पनि बताएकी छिन् । रेखा यतिबेला नयाँ सिनेमाको तयारीमा पनि लागेकी छिन् ।

For More videos Log on to Mazzako TV