हाँस्य कलाकार शिवहरि पौडेल सिनेमा निर्देशनमा होमिएका छन् । उनले रियालिटी बेशमा सिनेमा बनाउन लागेको बताएका छन् । हाँस्य कलाकारहरु सिनेमा निर्माण र निर्देशनमा होमिएको समयमा शिवहरिले पनि यो आँट गरेका हुन् ।

उनले बनाउन लागेको सिनेमाको अहिले कथामा काम भैरहेको छ । दशैं वा तिहारसम्ममा सिनेमा रिलिज गर्ने योजना उनको छ । शिवहरिका अनुसार यो सिनेमामा अभिनेता दिलिप रायमाझी र निर्माता किरण केसीको पनि सहकार्य रहनेछ ।

यो सिनेमालाई जर्बजस्ती कमेडीमा निर्माण नगर्ने उनले बताएका छन् । सिनेमाको बजार धराशायी भैरहेका कारणले पनि तत्काल छायांकनमा जान नसकेको उनले सुनाएका छन् ।

For More videos Log on to Mazzako TV