यहि चैत्र २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँने प्रतिक्षित फिल्म ‘लभ स्टेशन’ को दोस्रो गीत रिलिज भएको छ । ‘घाम जून’ बोलको गीतले मज्जजाको प्रतिक्रिया पाइरहेको अबस्थामा निर्माण युनिट अर्काे ‘मेरो आँगनीमा’ बोलको गीत सार्वजनिक गरेको हो । फिल्मका निर्देशक उज्जवल घिमिरेको शब्द, शम्भुजित बाँस्कोटाको संगीत रहेको गीतमा सुरेश लामाको स्वर छ ।

गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ प्रस्तुत छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ’लिलिबिली’ मा सँगै काम गरेर यो जोडीले चर्चामा थियो । ट्रेलर र यसअघि सार्वजनिक गीतल फिल्म झनै प्रतिक्षीत बनाएको छ । ‘लभ स्टेशन’ मा प्रदीप गायकको भूमिकामा छन् ।

फिल्मका निर्माता गोविन्द शाही हुन् । प्रदीप र जसितासंगै फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतको अभिनय छ ।

आलोक शुक्लाले खिचेको फिल्ममा दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको पनि संगीत छ । सुवास सिंह बस्नेतको कथा रहेको फिल्ममा कुमार श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

For More videos Log on to Mazzako TV