विकासले साउनमा हजार जुनी ल्याउने
निर्देशक विकासराज आचार्यले आफ्नो निर्देशनमा बनेको सिनेमा हजार जुनी सम्मको प्रदर्शन मिति फाइनल गरेका छन् । उनले, निर्देशन गरेको यो सिनेमालाई साउनको ३० गतेबाट रिलिज गर्न लागिएको छ । विकासका अनुसार साउन ३० राम्रो मिति हो ।

बिहिबारबाट सिनेमा हलमा लाग्नेछ । सिनेमामा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्कीको मुख्य भूमिका छ । यो सिनेमाको एउटा गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन सिग्देल निकै नै चिसो मौसममा पनि रोमान्टिक बनेका छन् ।
भदौ १३ मा यो सिनेमा नआउने भएपछि अब मारुनी नामको सिनेमालाई सहज हुने भएको छ ।
For More videos Log on to Mazzako TV







