गायक भुसन राइले सांगीतिक क्षेत्रमा सक्रिय बनाउने सोच बनाएका छन् । यसैले उनी मरुभूमी बोलको गीत बजारमा ल्याएका छन् । यो गीतमा मोडलद्धय निराजन प्रधान र कविता नेपालीलाई फिचरिङ गरिएको छ ।

यो गीतमा भुसनकै शब्द तथा संगीत छ । यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । अर्जुनले गीतको भाव अनुसार नै लोकेशन खोजिएको बताए । गीतको भिडियोमा मोडल निराज प्रधान र कविता नेपालीको प्रेम देख्न सकिन्छ । निराजन र कविताको जोडी खुबै सुहाएको छ । कवितालाई गीतमा बोल्ड एवं ब्यूटी देखाइएको छ ।

यो गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन छ । प्रेममा परेका वा नपरेका दुबै खालका यूवापुस्तालाई यो गीत मनपर्ने दाबी गायक भुसनको छ ।

For More videos Log on to Mazzako TV