राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘जात्रै जात्रा’ युनिटले पहिलो गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीत ‘माया पिरिम’ मा निश्चल बस्नेत , करिश्मा मानन्धर र सारा सिर्पाइलिसँगै बिपिन कार्की , वर्षा राउत , दयाहाङ राई , रविन्द्र झा , रबिन्द्र सिंह बानिया लगायत फिचर्ड छन् । फिल्मकै कथा अनुसार निश्चल , सारा र करिश्मा गीतमा फिचर्ड भएको कार्यकारी निर्माता तथा कलाकार रबिन्द्रले बताए ।

‘गीतमा एक विवाह समारोहमा सेलिब्रेटीलाई नाच्न बोलाइन्छ यसैले गर्दा उहाहरु देखिनु भएको हो’ उनले गीतलाई प्रस्ट्याउदै भने ‘अघिल्लो पटक पाएको प्रतिक्रियाको आधारमा यसपटक गीत राख्दै पहिला नै सार्वजनिक गरेका हौ ।’

फिल्मका निर्देशक तथा लेखक प्रदीप भट्टराईले भने यसको महत्व फिल्ममा कथा अनुसार नै रहेको बताए । ‘अघिल्लो जात्रा भन्दा यसमा जात्रै जात्र छ’ उनले भने ‘फिल्मलाई दर्शककै डिमाण्ड अनुसारको बनाउने कोसिस गरेका छौ ।’ गीतमा निशान भट्टराई र मनिषा पोखरेलको गीतमा स्वर छ भने कृष्ण भारद्वाजको संगीत रहेको गीतका रचनाकार लेखु सहयात्री हुन् ।

गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । फिल्मको निर्मातामा सिंगे लामा र योगेश्वर पौडेल रहेका छन् ।

For More videos Log on to Mazzako TV