जात्रै जात्राले दियो विर विक्रम २ लाई चुनौती
सिनेमा जात्रै जात्राले आफ्नो रिलिज मिति एकसाता पछि सारेको छ । यो सिनेमा वैशाख २७ गते आउने तयारीमा थियो । तर, अब यो सिनेमा एक साता पछि आउने भएको हो ।

यो सिनेमाले अब जेठ ३ गतेलाई रिलिज मिति तय गरेको छ । यो सिनेमा अब जेठ ३ मा यसअघि नै प्रदर्शन मिति तय गरेर बसेको सिनेमा विर विक्रम २ सँग जुध्ने भएको छ । यो सिनेमाले दाल भात तरकारी सिनेमालाई दुई साता ठाउँ छोडिदिदा जेठ ३ लाई प्रदर्शन मिति तय गरेको हो ।
प्रदिप भट्टराई निर्देशित यो सिनेमामा विपिन कार्की, बर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका छ ।
For More videos Log on to Mazzako TV