बर्षाको आक्रोश
अभिनेत्री बर्षा सिवाकोटीले संचारमाध्यममाथि आक्रोश पोखेकी छिन् । उनले, संचारमाध्यममले पक्षपात गरेको भन्दै आक्रोश पोखेकी हुन् । सिनेमा पुरानो बुलेट रिलिज भएपछि संचारमाध्यमले साथ नदिएको भन्दै बर्षाले आक्रोश पोखेकी हुन् ।

उनले, आफू संचारकर्मीसँग भेट्दा बोलिरहेको भन्दै अरु के गर्नुपर्ने हो भनेर समेत प्रश्न सोझाएकी छिन् । अभिनेत्री सिवाकोटीले संचारमाध्यमले कुनै कलाकारलाई च्याप्ने र कसैलाई फ्याक्ने गरेको पनि बताएकी छिन् ।
उनले, कसैको यता फर्किए पनि समाचार, उता फर्किए पनि समाचार आएको भन्दै राम्रो सिनेमा बन्दा पनि दर्शकले साथ नदिएको भन्दै आलोचना गरेकी छिन् । अभिनेत्री सिवाकोटीको यो आक्रोशले अहिले नेपाली संचारमाध्यममको काम गराइप्रती प्रश्न उठ्न थालेको छ ।








