गत बर्ष रिलिज भएर राम्रो कमाई गरेको सिनेमा छक्का पन्जा २ फेरि हलमा आउने भएको छ । वैशाख १३ गते सिनेमा दाल भात तरकारीले ठाउँ खाली गरिदिएपछि दिपकराज गिरीले यो सिनेमा रिलिज गर्न लागेका हुन् ।

उनले नेपालका दर्शकका लागि हलमा फेरि सिनेमा रिलिज गर्न लागेको बताए । विदेशमा बस्ने दर्शकका लागि पनि सिनेमा हेर्ने व्यवस्था मिलाउने उनले बताएका छन् । छक्का पन्जा २ अब हलिउड सिनेमा एभेन्जरसँग भिड्न तयार भएको छ । दाल भात तरकारी सिनेमा एभेन्जरसँग जुध्न भन्दा एक साता पछि सर्न उत्तम ठानेर वैशाखको २० गते पुगेको छ ।

दिपाश्री निरौला निर्देशित यो सिनेमामा दिपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय छ ।

For More videos Log on to Mazzako TV