‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ (भिडियो)

साधना कला केन्द्रले ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ गर्न भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै अभिनेता राजेश हमाललाई ’ट्रिब्युट’ गर्ने जानकारी गराइएको हो । साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए । घोषणा कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, गायक राजेश पायल राई, यम बराल, रवी ओड लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केहि क्लिप्सलाई देखाइएको थियो । आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि डेट भने फिक्स नभईसकेको जनाइयो । अभिनेता हमालको फिल्मी यात्रामा धेरै नै व्यक्तित्व जोडिएको हुनाले उहाहरुसँगको छलफलपछी एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए । अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ट्रिब्युट गर्ने आइडिया फुरेको पनि उनले बताए ।

राजेशले पनि विभिन्न भेटघाटपछी उदेश्य नेक लागेर नै आफुले अनुमति दिएको बताए । कार्यक्रममा उपस्थित शम्भुजित बास्कोटा, राजेश पायल राई, यम बराल र रवी ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकमन दिए । कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरुका गायक, उनको को(स्टारलाई ट्रिब्युटमा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका सदस्य दसरथले बताए ।








