भद्रगोलको पाँडेमाथी पान्डे समाजको आरोप
नेपाल टेलिभिजन बाट प्रसारण हुने चर्चित हास्य टेलिश्रृंखला “भद्रगोल “को ‘पाँडे’ चरित्रमा पाण्डे समाजले आपत्ति जनाएको छ । भद्रगोल २०० औँ भागमा प्रबेश गरिसक्दा खासै कतै यस्तो अभियोग देखिएको थिएन । तर पछिल्लो समय उक्त पाँडे पात्र लाई कहिले काहिँ अतिरन्जित गरिएको जस्को सिधा असार पान्डे समाजमा परेको बताईएको छ ।

पान्डे थर भएकाको संगठन ‘नेपाल पाण्डे समाज’ ले कार्यक्रम उत्पादक मिडिया हबलाई पत्र पठाएको छ । भद्रगोलको उत्पादक मिडिया हबलाई पठाइएको सो पत्रमा पाण्डे समाजका महासचिव सागर पाण्डेले हस्ताक्षर गरेका छन् । पत्रमा वोधार्थको रुपमा नेपाल टेलिभिजनलाई पनि पठाइएको छ ।
पछिल्लो समय नेपालको युटुबमा ट्रेन्डिङ १ मा भद्रगोलको प्राय एपिसोड लाई देख्न सकिन्छ । भद्रगोलमा पाँडे चरित्रमा अर्जुन घिमिरे देखिने गरेका छन् । यस टेलिश्रृंखलाको निर्देशन हास्यकलाकारद्वय अर्जुन घिमिरे र कुमार कट्टेलले गरिरहेका छन् ।
